LONDON TO PARIS

  • अभिनेत्री शर्माका अनुसार ‘लण्डन टु पेरिस’ले आफुलाई सिनेमा क्षेत्रमा दरिलो प्रवेशको रुपमा उभ्याउने विश्वास व्यक्त गरेकी छन् । उनले यसअघि थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । निर्माण टिमका अनुसार सिनेमामा गरिमाको पनि महत्वपुर्ण भुमिका रहेको छ ।
  • आधुनिक प्रेमकथामा निर्माण हुने सिनेमा यसअघि नै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भैसकेकी छन् । निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको मुख्य अभिनेता समेत फाइनल भैसकेका छन् । चाँडै एक फर्स्टलुक पोस्टर सहित अभिनेता सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।
  • घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने सिनेमाका केही दिन यता कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप चलिरहेको छ । निर्देशक लामिछानेले यसअघि ‘धौली, अग्निदहन र पञ्चेबाजा’ जस्ता समिक्षकले रुचाएका सिनेमा निर्देशन गरिसकेका छन् । सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमा असारको दोस्रो साताबाट फ्लोरमा जाने छ ।
  • अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको सिनेमाका सह-निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । भने यही टिमले अहिले बेलायतका विभिन्न सहरमा ‘हनी बनी’को छायांकन गरिरहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *